चितवन,७ भदौ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेकाे बसमाथि ढुंगा खस्दा ११ जना यात्रु घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि शुक्रबार दिउँसो पौने २ बजे ढुंगा खसेको हाे ।

गुडिरहेकाे बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जानकारी दिएकाे छ ।

बसमा सवार करिब १०/११ जना यात्रु घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा क्षति पुगेको छ, बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।