काठमाडौँ,७ भदौ ।
भारत उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् ।
पहिरोमा परेर मृत्यु हुने नेपालीमध्ये चितवनका ३ जना र दैलेखका एक जना रहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन ।
चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ । बिहीबार राति भारी वर्षातपछि पहिरो गएको थियो ।








