काठमाडौँ,६ भदौ ।
भ्रष्टाचार मुद्धामा अनुसन्धानका लागि पाँच वर्षे हद म्यादको प्रावधान राख्न नहुने माग गर्दै मानवअधिकार तथा शाीन्त समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रमुख दलहरुले भ्रष्टाचार मुद्दामा पाँच बर्षे हदम्याद राख्न खाेज्नुले उनिहरूकाे नियतमाथि आशंका उत्पन्न भएको भन्दै शान्ति समाज काठमाडौँ शाखाले बिराेध प्रदर्शन गरेको हो ।
समाजले ‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’, लगायतका नारासहित काठमाडौँको जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
सहभागीहरुले ‘भ्रष्टाचारीलाई दण्डित गर्ने कानून बनाऊ, ठूला भ्रष्टाचारमा ठूलै नेता, कानून बनाएरै चोख्याउने चेष्टा नगर, ठूला नेता मिलेका अरबअरब निलेका, भ्रष्टाचार विरुद्ध एक हौँ, नीतिगत भ्रष्टाचारको श्रृंखला अन्त्य गर, हद म्यादको कसरत संसदलाई बद्नाम बनाउने अभ्यास बन्द गर’ जस्ता भ्रष्टाचार विरोधी नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा शान्ति समाजका काठमाडौँ जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनीलगायतको सहभागिता रहेको थियो ।





