काठमाडौँ,५ भदौ ।
राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा नजिक पहिरो खसेर अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

बुधबार बिहान करिब १० बजेदेखि अबरुद्ध भएको सडक साँझ ५ बजेबाट एकतर्फी खुलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

काठमाडौँ प्रवेशको मुख्य नाका त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा नजिक विहान १०:२० बजेको समयमा पहिरो खस्दा सवारी आवागमन अबरुद्ध भएको थियो ।

दिनभर वर्षा जारी रहेकाले पछिरो पन्छाउन समस्या भएको थियो । अहिले वर्षा केही रोकिएकाले पहिरो पन्छाएर एकतर्फ खुलाइएको हो ।

नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार नागढुंगाको सुरक्षा चौकीबाट करिब तीन सय मिटर पर ठूलो पहिरो खसेको थियो ।

३ वटा एक्स्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको हो ।