काठमाडौं,५ भदौ ।
नेपली संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेर कम्प्युटरसहितका कागजपत्र बरामद गरेको छ ।

बुधबार अनामनगर स्थित संघको कार्यालयमा प्रहरीले छापा मारेको हो । प्रहरीले संघको कार्यलयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने गरेको सुचनाकाे आधारमा संघको कार्यालयमा छापा मारेको ब्यूरोले जनाएको छ ।

कार्यालयबाट कागत बरामद गरेपनि प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।