एजेन्सी,५ भदौ ।
भारतको राजधानी नयाँदिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई मंगलबार बम विस्फोट हुने धम्कीको पत्र प्राप्त भएको थियो ।
सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ । जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन ।
गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।
‘एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो । सुचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै घटनास्थलमा पुगेका थिए’,एसीपी विकास कौशिकले पत्रकारलाई बताए ।








