काठमाडौं,५ भदौ ।
नागढुङ्गा नजिक पहिरो जाँदा राजधानी काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको हो ।
नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ ।
अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो ।
थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ । पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने थपलियाको भनाइ छ ।





