पाल्पा,१ भदाै ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले
चाडपर्वहरू मनाउदा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउनुपर्ने कुरामा जाेड दिएका छन ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पाल्पाद्वारा शनिबार पाल्पाको तानसेनमा आयोजित तीज विशेष कार्यक्रममा सभापति श्रेष्ठले चार्डपर्वलाई भड्किलो तरिकाले नमनाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउनुपर्ने बताएका हुन् ।
पछिल्लो समयमा तिज विशेष कार्यक्रम खर्चिलो र भड्किलो गरि मनाउने प्रचलन बढेको भन्दै सभापति श्रेष्ठले चार्डपर्वलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउनुपर्ने बताए ।
उनलेे आर्थिक,सामाजिक हिसाबले पिछडिएका नागरिकहरूसँग प्रत्यक्ष रूपमा सहभागी भई परम्परागत रूपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउन आग्रह गरे ।
ट्रेड युनियन कांग्रेस पाल्पा महिला विभागले तिज विशेष कार्यक्रम आयाेजना गरि पाटीका विभिन्न भातृ एवम सुभेच्छुक सस्थाका महिला दिदी बहिनिलाई एकीकृत गरि अनुभव साटासाट गर्ने गरि कार्यक्रम आयाेजना गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति एवम प्रदेश सभा सदस्य वीर बहादुर रानाले कांग्रेसले महिलाहरूलाई सक्षम बनाउन बिभन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै यस्ता कार्यक्रमलाई समय अनुरूप परिमार्जित गर्दै लैजानुपर्ने बताए । सस्कृतिलाई जर्गेना गर्ने गरि आम नागरिकलाई जाेड्ने गरि कार्यक्रम गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे ,नेपाली कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारी, नेपाल कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद बस्याल,नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका सभापति निलकण्ठ देवकाेटा,पाटीका काेषाध्यक्ष माेहन प्रसाद श्रेष्ठ,क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी,नेपाली कांग्रेस प्रदेश महासमिति सदस्य नन्दा ज्ञवाली लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका महिला विभाग प्रमुख सरस्वती राजभण्डारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।






