काठमाडौँ,३२ साउन ।
काभा वुमन्स नेशन्स भलिबल लिग-२०२४ मा सहभागी खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने भएको छ ।
बिहीबार बसेकाे मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम उक्त पुरस्कार दिन लागिएको जनाइएको छ ।
बैठकले विश्व बैंक समूहको अन्ताराष्ट्रिय विकास संस्थाबाट १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता गुरूङले बताए ।
त्यस्तै बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा उज्वेकिस्तान र परराष्ट्रमन्त्रीको नेतृत्वको भारत भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ ।






