काठमाडौं,३२ साउन ।
सरकारले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेदरा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने भएको छ ।

शुक्रबार बसेको निगम सञ्चालक समितिकाे बैठकले भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पाेदरा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको निगमले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मधुसूदन बुर्लाकोटीका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो ।

‘यसले पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धि गर्न सघाउन पुर्‍याउने अपेक्षा छ,’ बुर्लाकोटीले भने, ‘हवाई इन्धनमा दिइएको छुटको लाभ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले तत्कालै उठाउन पाउनेछन् ।’

यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखराा र भैरहवामा ९४२ डलरमा झर्ने निगम स्रोतले जानकारी दिएको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि साविककै मूल्य तय छ ।

सरकारले पछिल्ला दिनमा पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु गराउनका निम्ति विभिन्न सहुलियत र छुट सुविधाहरु घोषणा गर्दै आएको छ । यसका लागि मन्त्रिपरिषदबाट एक कार्ययोजना समेत पास भएको छ ।