काठमाडौँ,३१ साउन ।
संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
बिहीबार बसेकाे समितिकाे बैठकबाट गैरे सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि आजै बसेकाे संसदीय सुनुवाइ समितिको बैठकबाट सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् ।
यसैबीच निर्विराेसध निर्वाचित दुवै सभापतिका सभापतिहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
समितिका सभापतिहरूले सभामुख समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने ब्यवस्था रहेको छ ।






