पोखरा,३१ साउन ।
पोखरा पोखरामा संचालित स्कुलबसको ट्राफिक प्रहरीले अनुगमन थालेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरा ५, जिरो किमीस्थित स्कुल बसको गति सीमित एवं सिट क्षमता सम्बन्धमा चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बुधबार ५५ वटा स्कुलका सवारीसाधन चेकजाँचमा ३ स्कुल बसले सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर संचालन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिए ।
उनीहरुलाई कसूर अनुसार कारबाही समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरी,अन्य सवारीसाधनमा जिल्ला ट्रापिक प्रहरी कार्यालयबाट तयार पारिएको स्पिड लिमिटसम्बन्धी ५५ थान स्टिकर टाँस गरी सडक सुरक्षाबारे सम्झाइबुझाइ गरिएको उनले बताए ।
केही दिन अघि पाेखरामा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।
तिब्र गतिका कारण स्कुल बस दुर्घटना भएको पाइएपछि ट्राफिक प्रहरीले अनुगमन थालेको हो ।






