काठमाडौं,२९ साउन ।
सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साे यस्तो कार्ययोजना स्वीकृत गरेको हो ।
नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा भैरहवा स्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना तयार पारेको हो ।
ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन सकेको छैन । सोहीकारण सरकारको आलोचना हुँदै आएको छ ।
सञ्चालनमा आएको लामो समयसम्म पनि विमानस्थल नियमित रूपमा अन्तर्राष्ट्रिय उडान नहुँदा भैरहवाका उद्योगी ब्यवसायी तथा नागरिक समाजले आन्दोलन समेत गर्दै आएका थिए ।
विमानस्थललाई मध्येनजर गरेर भैरहवा बुटवल क्षेत्रमा अर्बौंकाे लगानी गरेका पर्यटन ब्यवसायी बिमानस्थल पुर्ण क्षमतामा सञ्चालन नहुँदा निराश भएका छन् ।






