बुटवल,२३ साउन ।
काभा महिला नेसन्स भलिबलको उपाधि भारतले हात पारेको छ ।

फाइनलमा नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो । भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो ।

दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो ।

प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो ।

फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५-२१ बाट भारतले जितेर खेल २-२ को बराबरीमा ल्यायो ।

यसअघि भएको खेलमा इरानले सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भयो ।

सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेकाे थियो ।