काठमाडौं,२३ साउन ।
नुवाकोटमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठित आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् ।

दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन आयोगलाई एक महिनाको समय तोकिएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको थियो । मृतकमध्ये ४ जना यात्रु चिनिया नागरिक हुन् ।