काठमाडौं,२३ साउन ।
नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार दुर्घटनास्थलबाट क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।
हेलिकप्टरमा पाइलट अरुण मल्ल र अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।






