काठमाडौँ,२३ साउन ।
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटनामा परेको हो ।

बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगेर उद्वार गरिरहेको जानकारी गराए ।

दुर्घटना ग्रस्त क्षेत्रमा आगलागी भएको बताइएको छ ।