चितवन,२३ साउन ।
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक एकतर्फी खुलेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको हो ।






