काठमाडौं,२२ साउन ।
फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिक फुटबलको फाइनलमा पुगेका छन् । गए राति भएको सेमिफाइनल खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको हो ।
त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ । अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा कांस्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।






