धादिङ,२१ साउन ।
धादिङको गजुरी गाउँपालिका-५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा घाइते एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका-१ बस्ने ७२ वर्षीय निर्माग तामाङ रहेका छन् ।

गजुरीबाट काठमाडौंतर्फ जादै गरेको माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्‍चात डिस्चार्ज भएका छन् ।

घटना पश्चात् तत्काल खटिएको प्रहरीले यात्रुहरूकाे उद्दार गरेको थियो ।