काठमाडौँ,२१ साउन ।
सरकारविरोधी आन्दोलन चर्किदै गएपछि बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । प्रधानमन्त्री हसिनाले राजीनामा दिएर राजधानी ढाका छाडेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले जनाएको छ ।
बीबीसीका अनुसार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।
आन्दोलन शुरु भएदेखि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।






