काठमाडौं,२१ साउन ।
काभा नेसन्स महिला भलिबल लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छफ।

प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदै छन् । पहिलो खेल दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेल अपराह्न ३ बजे नेपाल र माल्दिभ्सबिच प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

यी खेलपछि मात्रै सेमिफाइलनमा कससँग कसको प्रतिस्पर्धा भन्ने टुंगो लाग्नेछ । नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् । माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लिग चरणका चारै खेल खेलिसकेको इरानको सात अंक छ। त्यस्तै, तीन खेल खेलेको भारतको पनि सात अंक छ । तीन खेल खेलेको नेपालको ६ अंक छ भने श्रीलंकाको चार अंक छ। माल्दिभ्सले अंक जोड्न सकेको छैन ।​

अंक तालिकाको शीर्षस्थानमा रहेको र चौथो स्थानको तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।