नवलपरासी,१९ साउन ।
आफैले चलाएको गोली लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) अमलटारी बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजार रहेका छन् ।
मिजारको आफूले चलाएको गोली लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको प्रहरी नायव उपरीक्षक पाैडेलले बताए ।
घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको उनले बताए ।
उनलेे किन आफैंले आफैंलाई गाेली प्रहार गरे भन्ने बिषयमा अझैसम्म केही खुल्न सकेको छैन ।






