काठमाडौं,१६ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेलले लुम्बिनी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ ।

लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर,कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी र बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा नियुक्त भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर उनिहरूलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।