काठमाडौं,१४ साउन ।
कांग्रेस-एमाले बीच नयाँ सत्ता समिकरण बनेसँगै
सरकारले लुम्बिनी प्रदेश सहित तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । सरकारले लुम्बिनी, कर्णाली र बागमतीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि लुम्बिनीमा अमिक शेरचन,कर्णालीमा तिलक परियार र
बागमतीमा यादव शर्मा प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।






