काठमाण्डाै,१४ साउन ।
निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकाे छ । आज बसेकाे समितिकाे बैठकले प्रधानकाे नाम अस्वीकृत गर्ने निर्णय गरेकाे हाे ।

यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिएका थिए । समितिले आफ्नो नाम अनुमोदन नगर्ने संकेत पाएपछि त्यसअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।

गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।