नवलपुर,१३ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बिनयी त्रिबेणी गाउँ सङ्गठन समितिको एकता भेलाले मनोहर के.सीको संयोजकत्वमा ७ सदस्यीय गाउँ सङ्गठन समिती निर्वाचित गरेको छ ।

सर्दीमा आइतबार सम्पन्न भेलाले उक्त समिती निर्वाचित गरेको जिल्ला इन्चार्ज अशोक लम्सालले जानकारी दिए ।

भेलाले देबि सिङ झेडीलाई सहसंयोजक बनाएको सो पार्टीले जनाएको छ ।

क्रान्तिकार कम्युनिस्ट पार्टी र नेकपा ( मशाल) बिचको सो भेलामा सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज लम्साल तथा केन्द्रीय सदस्य श्याम कुमालले सम्बोधन गरेको जनाइएको छ ।