कपिलवस्तु,११ साउन ।
नेपाल अर्वुद रोग निवारण संस्था शाखा कार्यालय कपिलवस्तुकाे आयोजनामा ताैलिहवा स्थित रत्न राज्य मा वि परिसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयकाे वातावरणीय सन्तुलन कायम राख्ने उदेश्यले शुक्रबार बिभिन्न प्रजातीका ३६ बिरूवा राेपिएकाे संस्थाका सभापति राजेश ज्ञवालीले जानकारी दिए ।
संस्थाका सभापती ज्ञवालीको अध्यक्षता र कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी उप सभापति सविता श्रेष्ठ, संस्थाकी सचिव इन्दिरा देवकोटा,समाजसेवी रविन्द्र नाथ ठाकुर,रत्न राज्य माविका प्रधानाध्यापक सुभाकान्त भुषाललगायतको सहभागीता रहेको थियो ।