काठमाडौँ,१० साउन ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई आयाेगकाे
उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् ।
त्यस्तै आयोगकाे सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।