काठमाडौँ,१० साउन ।
सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।

उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।