सशस्त्र प्रहरी बलद्वारा खोजी कार्य जारी

चितवन,१० साउन ।
भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने भएका छन् ।

फिल्डको काम आज एपीएफले जारी राखेको र भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने चितवनका प्रमुख जिल्ला चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

नेपाल सरकारको आग्रहमा भारतको रााष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का १२ जना प्राविधिक खोजीका लागि आएका हुन् । उनीहरूलाई एक हप्तासम्म खोजी गर्न भनिएको छ । गोताखोर र सोनारसहित आएको भाारतीय टोलीले पनि बस फेला पार्न सकेको छैन ।

गएको असार २८ गते बिहानपख साढे ३ बजेतिर दुईवटा यात्रु बस पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका थिए । दुई बसमा गरेर ६५ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । जसमध्ये ३ जना यात्रु मात्र सकुशल छन् ।

खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी तत्कालै परिचालन भएको थियो । तर बस पत्ता लाउन सकेन । त्रिशूलीभन्दा धेरै तल नारायणी नदी र त्रिवेणी बाँधआसपासको १०३ किलोमिटर टाढाबाट २५ शव फेला परेका छन् । जसमध्ये १९ शव माात्रै दुर्घटनामा परेका बसका यात्रुहरू रहेको पुष्टि आफन्तहरूले गरेर सदगत गरे ।

सिमलताल दुर्घटनाको अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको संयोजकत्वमा कार्यदल बनाएको छ । सो कार्यदल चितवन आएर फर्किइसकेको छ आइतबारभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी भएको बताइएको छ ।