काठमाडौं,९ साउन ।
१८ जनाको ज्यान जानेगरी बुधबार बिहान भएको बिमान दुर्घटनाप्रति राष्ट्रिय जनमुक्ति पार्टीले दुख ब्यक्त गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अश्लामीले आज दिउँसो एक विज्ञप्ति जारी गरी घटना प्रति दुख ब्यक्त गर्नुका साथै मृतकका परिवारमा हार्दिक समवेदना प्रकट गरेका हुन् ।
दुर्घटनाको सत्य तथ्य अध्ययन गरी आगामी दिनमा त्यस्ता किसिमका घटना घटन नदिने तर्फ आवश्यक कदम चाल्न पनि साे पार्टीले सरकारकाे ध्यानाकर्षण गराएको छ ।
बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको सीआरजे ७०० ९ एन-एएमई जहाज त्रिभुवन विमानस्थल नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका थिए ।
दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते भएका हुन् ।