स्याङ्जा,६ साउन ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ५ चौर बस्ने ३२ वर्षीय शुशिला कार्की रहेकी छन् ।
कार्कीलाई आफ्नो बोईलर कुखुराको फर्म सफा गर्ने क्रममा दिउँसो करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको उनलेे बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






