रुकुमपश्चिम,३ साउन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
बिहीबार सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई खोलाले बगाएर मृत्यु भएको हो । काफचौर स्थित खाेला तर्ने क्रममा बगाएर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए ।
उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ । यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् ।
बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको ।









