चितवन,३ साउन ।
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।
अस्पताल भवनकाे तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका करिब ७० वर्षका ती बिरामी के कारणले हामफाले भन्ने खुल्न सकेको छैन ।






