चितवन,२ साउन ।
पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् ।

भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाइदिएका हुन् ।

पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न सरकारबाट अनुमति लिएर आएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएका थिए । आगजनी भइसकेपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संर्घष समितिका सचिव दिब्य नेपालले दिए । मंगलवार भरतपुर ८ मा सर्भे गरेको सो टोलीले आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई घेराबन्दी गरेका थिए ।

पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।