काठमाडौं,२ साउन ।
प्रधानमन्त्री केपी ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार यही आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै कांग्रेसको साथमा
ओली संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपा सरकारमा सहभागी भएका छन् ।