नवलपरासी पूर्व,२ साउन ।
घरमा पालेको कुकुरलाई मारेको भन्दै एक युवकले आफनै बाबुको हत्या गरेका छन् । घरमा पालेको कुकुरलाई पिटेको विषयमा कावासोतीका बाबु प्रेम कुमाल र छोरा निराजनबीच झगडा भएको थियो ।

नवलपरासी पुर्वकाे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुधबार बिहान सवा ११ बजे बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका निमित्त कार्यालय प्रमुख बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।

बाबु प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएको भन्दै छाेराले ढुंगाले टाउकोमा हिर्काउँदा प्रेमको घटनास्थलमै मृत्यु भएको हो । निराजनलाई पक्राउ गरेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।