चितवन,२ साउन ।
चितवनको भरतपुर स्थित सिमलतालमा गएको पहिरोले बगाएर बेपत्ता भएको दुई बस घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ ।

घटनास्थलको अवलोकन गरेपछि अध्ययन टोलीले चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा बेपत्ता बस र यात्रुको खोजी प्रकृयाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार सम्हालेकै दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल गठन गरेका थिए ।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन् ।