काठमाडौं,१ साउन ।
नवलपरासी पूर्व मध्यविन्दु १२ तमासपुरस्थित नारायणी नदीमा दुई जनाको शव फेला परेको छ ।

मंगलबार दिउँसो अन्दाजी ३५/४० वर्षीय महिलाको शव फेला परेको छ, भने भरखरै पूर्वी नवलपरासीको गैडाकोट १० खरखरे नजिक ४०/४२ वर्षको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

ती शव सिमलताल पहिरोमा दुर्घटनामा परेका बसका यात्रु हुनसक्ने अनुमान गरिए पनि अझैसम्म खुल्न सकेको छैन ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेकाे थियाे ।

दुर्घटनालगत्तै शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह आज पनि खोजीकार्य जारी राखिएको छ ।