काठमाडौँ,२९ असार ।
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको हो ।

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्ति गर्ने सम्भावना रहेकाेले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार सारिएको बताइएको छ ।