नवलपुर,२९ असार ।
नवलपरासी पुर्वकाे गैडाकाेट नगरपालिका ७ गैरीको थुम्सी नजिक दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो आन्दाजी २५ र ३५ वर्षका युवाहरुको शव नदीमा भेटिएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।

शवको खनाखत हुन सकेको छैन । ती शवहरु चितवनको सिमलतालबाट बगेको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुवै शव नदीबाट निकालेर चितवनको भरतपुर अस्पतालमा लगिएको छ ।