बुटवल,२८ असार ।
पृथ्बी राजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको मृत्यु भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालक नवलपरासीका मेघनाथ विकको मृत्यु भएको हो ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।






