काठमाडौं,२७ असार ।
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसुचि रहेको छ ।
नेपाली कांग्रेस,नेकपा एमाले,राप्रपा,जसपा नेपाल,जसपा,जनमत,नागरिक उन्मुक्ति पार्टीलगायतले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
संसद्को चाैथाे ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।
यद्यपि नेकपा माओवादी केन्द्र,रास्वपा र एकीकृत समाजवादीले विश्वासको मत दिए पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिदैन ।
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथदिइरहेको छ । साे पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।






