नवलपुर,२७ असार ।
खोलाले बगाएर पूर्वी नवलपरासीमा २ जना बेपत्ता भएका छन् ।
पूर्वी नवलपरासीमा बौदीखोला र उल्टीखोलाले बगाएर दुई जना पुरुष बेपत्ता भएकाे प्रहरीले जनाएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-१ मा बौदीखोलाले बगाउँदा स्थानीय ४८ वर्षीय विशाल कार्की बेपत्ता भएका हुन् ।
बौदी खोला तर्ने क्रममा खोलाले बगाइ बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
यसैगरी जिल्लाको मध्यबिन्दु नगरपालिका-१ पतवारीस्थित उल्टिखोला तर्ने क्रममा मध्यबिन्दु नगरपालिका-४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियार बेपत्ता भएका छन् । बेपत्ताको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको छ ।