चितवन,२७ असार ।
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि अहिले एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्नेछ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।






