Share this News on Social Networking Pages

पोखरा,२६ असार ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षिय राम बहादुर अधिकारी, ३९ बर्षिया सृजना अधिकारी, ६ बर्षिय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घरमा पस्दा फसेका थिए ।

घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले आज बिहान उनीहरुको सकुशल उद्धार गरेको हो ।

पाेखरामा पहिरोले घर पुरिँदा आज एक जनाको मृत्यु भएको थियो ।