काठमाण्डौ,२५ असार ।
कोशी र मधेस प्रदेशसहित गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको माैसमविदले बताएका छन् ।
धेरैजसो ठाउँमा लगातार पानी पर्ने क्रम कम भए पनि कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । ती क्षेत्रका नदी तथा खोला तटीय क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
पछिल्लो ६ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परेको मौसमविद्काे भनाइ छ ।
पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






