Share this News on Social Networking Pages

नवलपरासी,२५ असार ।
जिल्लाको पूर्वी क्षेत्र गैडाकाेट १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा ३ वटा शव फेला परेको छ ।

करिब ४५ र ६० वर्षका २ पुरुष र ४०/४५ बर्षकै १ महिलाकाे शव नदीले बगाई ल्याएकाे आशंका गरिएकाे जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेदबहादुर पौडेलले बताए ।

नदी किनारमा भेटिएका ३ ओटै बेवारिसे शवकाे बारेमा आवश्यक अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

माछा मार्न गएका मछुवारहरूले नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।