Share this News on Social Networking Pages

काठमाडौँ,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

उनलाई अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न अहिले केन्द्रीय समिति बैठक बसिरहेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

पार्टीले निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको
माैका समेत नदिई कारवाही गरेको गुनासो गरेका थिए ।